२३ पौष २०७९ शनिबार
दाङ—लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले पहुँचयुक्त स्वच्छ पिउने पानी नागरीकको अधिकार भएको बताएका छन् ।
शनिबार लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औ वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख चौधरीले उपभोक्ताको घर घरमा स्वच्छ पिउने पानी वितरणमा संस्थाले ध्यान दिनुपर्ने वताए । लमही नगरपालिकाका सबै वडामा खानेपानी विस्तार गर्नु पर्ने बताउदै चौधरीले त्यसका लागी नगरपालिका सहयोग गर्न तयार रहेको वताए ।
‘पानी नै जीवन हो’भन्ने कुरालाई आत्मसाथ गर्दै पानीका मुहानलाई जोगाउनु सबै नागरीकको दायित्व र जिम्मेवारी भएको चौधरीले वताए ।‘पानी नै भएन भने मानिसको जीवन नै संकटमा पर्छ,चौधरीले भने,पछिल्लो समय वनविनाससंगै पानीका मुहान सुक्ने क्रम बढेकाले यसको संरक्षणमा जुट्न नितान्त जरुरी छ ।’
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा भईसकेकाले यहाँको जनघनत्व पनि अब विस्तारै बढ्दै जाने भएकाले भविष्यमा आउन सक्ने पानी संकटलाई समाधन गर्नको लागी दीर्घकालीन योजना बनाएर अघि बढ्नु पर्ने उनको भनाई छ ।