२०८१ असार २२ शनिबार
स्याङ्जा — शुक्रबार साँझदेखि निरन्तर परेको वर्षाका कारण आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बिरुवा गाउँपालिका ६, लामाखेतमा पहिरो जादा उनीहरुको हो।
मृत्यु हुनेमा बिरुवा गाउँपालिका—६ माझकोटका ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा रहेको जिल्ला प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
लामाखेतस्थित सोही ठाउँ बस्ने ईश्वरी लम्सालको घरमा पहिरो जाँदा माझकोट बस्ने ७१ वर्षीय माधव शर्मा बेपत्ता भएको उनले बताए।