२६ बैशाख २०८०, मंगलवार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन्।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका बेला पक्राउ परेको बिबिसीले जनाएको छ ।
आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन्।
अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेका थिए।गत एप्रिलमा उनलाई सत्ताबाट निकालिएका थिए। त्यसयता उनले समयअगावै निर्वाचनको पक्षमा अभियान चलाउँदै आएका छन्।
हालै एउटा र्यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए।