४ आश्विन २०८०, बिहीबार
धनकुटा :– जिल्लाको धनकुटाको महालक्ष्मी नगरपालिकामा पिङ खेल्ने क्रममा लडदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
पिङ खेल्ने क्रममा महालक्ष्मी नगरपालिका–५ स्थित माझिगाँउमा बस्ने वर्ष १० को मन्दिप खडकाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो करिब ४ बजेतिर घरनजिकै रहेको पीपलको रूखमा जुटको डोरीको पिङ बनाई खेल्ने क्रममा अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको हो।
मृत्यु हुने बालक स्थानीय मदन खड्काको छोरा हुन्। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रकृया जिल्ला प्रहरी कार्यालय धनकुटाबाट भइरहेको प्रहरीले जनाएको छ।