अरुणकुमार नेपाली
१६ जेठ २०८० मंगलबार
दाङ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले सशक्त आन्दोलन गर्ने भएको छ ।आन्दोलनका कार्यक्रम तय गर्नका लागी परिषदले मंगलबार आपतकालिन बैठक बोलाएको छ ।
‘आन्दोलनका विषयमा छलफल गर्न दिउँसो १ बजे परिषदको आपतकालिन बैठक बोलाएका छौ,परिषदका अध्यक्ष गंगाराम तिवारीले भने,अब अति भयो सहन सकिदैन ।” नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधा सम्बोधन गर्ने कुरा उल्लेख भएपनि बजेटमा नसमेटिनु खेदजनक भएको तिवारीले बताए ।
अध्यक्ष तिवारीले अब विद्यालय बन्द गर्नुको अर्को विकल्प नभएको बताए ।‘उनले भने,यो बाध्यकारी अवस्था सरकारले सिर्जना गरेको हो,आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा पनि स्वयंम सरकारले लिनु पर्छ ।पटक—पटक आफूहरुसंग भएका सहमति र सम्झौता कार्यान्वयन नगर्नुले सरकार श्रम गर्ने श्रमिक प्रति कति जिम्मेवार छ भन्ने कुरा प्रष्ट भएको अध्यक्ष तिवारीले बताए ।अब बस्ने परिषदको बैठकले आगामी आन्दोलन र कार्यक्रमका बिषयमा निर्णय गर्ने अध्यक्ष तिवारीले जानकारी दिए ।