१ चैत्र २०७९, बुधबार
पोखरा—चितुवाले आक्रमण गर्दा पोखरामा २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका—४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा —१८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना छन् ।
घाइते दुवै जनाको अहिले पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए ।पछि चितुवा मृतावस्थामा फेला परेको उनले बताए ।पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेको समयमा फार्ममा अचानक चितुवा पसेर सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।आक्रमण पश्चायत चितुवा भने नजिकैको झाडीमा मृत अवस्थामा फेला परेको छ ।
स्थानीय,प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास गरिरहेको बेला चितुवा भने मरेको अवस्थामा झाडीमा फेला परेको डीएसपी जोशीले बताए ।चितुवालाई अहिले वन कार्यालयको जिम्मा लगाइएको छ ।