२९ जेष्ठ २०८०, सोमबार
नेपालगञ्ज-बाँकेको खजुरा गाउँपालिका –६, पुरैना नजिकै रहेको मानखोलामा सोमबार पौडी खेल्न गएका दुईजना बालबालिकाको डुबेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेलवासेलका अनुसार सोमबार दिउँसो सोही वडाका ४ जना बालबालिका मानखोलामा नुहाउन गएकोमा दुईजना खोलामा डुबेका हुन् ।
मृत्यु हुनेमा १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली रहेका छन् । डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोज तलाश गर्दा बालिका डाँगीको शव भेटेको थियो भने नेपालीको शव तीन बजे भटिएको थियो । नुहाउन गएका अन्य दुईजनाको अवस्था भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको उद्धार तथा खोजी कार्यका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक , उपाध्यक्ष मन्जु मल्ल बज्रदल गण राँझाबाट मेजरको नेतृत्वमा १० जनाको उद्धार टोली र शसस्त्र प्रहरीको जानकी गाउँपालिका बढैयामा रहेको बिओपी खटेको थियो