काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
एमाले, रास्वपा लगायतका दलको समर्थनमा दाबी पेस गर्नुभएका दाहाललाई राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।