१० पुस २०७९,आइतबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमध्ये एक पद रोजेर लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बाँकी रहेका दुई पदमा माओवादी र नेकपा एसले भागवण्डा गर्ने नयाँ प्रस्ताव देउवासमक्ष प्रस्तुत गरिएको हो ।
माओवादी र समाजवादीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख तीनवटै पार्टीले बाँडेर लिने र पहिलो रोजाइ कांग्रेसकै रहने प्रस्ताव गरेका हुन् ।
तर सभापति देउवाले भने यो प्रस्ताव नकारेका छन् । उनले पहिलो चरणमा प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र राष्ट्रपति पनि छाड्न नसकिने बताएका छन् । बैठक जारी छ ।