फागनु १४,२०७९ आइतबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जाने भएका छन् ।उनि अतिकम विकसित मुलुकहरू (एलडीसी) को पाँचौं सम्मेलनमा भाग लिन कतार जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड फागुन २२ गतेसम्म सम्मेलनमा रहनेछन् । फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् ।
तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि कतार जाने भएका छन् ।