
काठमाडौं । पैसाको प्रलोभनमा पारेर भारतको जोतपुर लैजान लागिएका ६ जना किशोरीहरुको सीमा नाकाबाट उद्धार गरिएको छ। राम्रो तलबको प्रलोभन देखाएर रुपन्देहीको बेलहिया नाका हुँदै भारतको राजस्थानस्थित जोतपुर लैजादै गरेको ६ किशोरीहरुको उद्दार गरेको प्रहरीले जानकारी दिएको छ।
बेलहिया नाका पार गर्नै लाग्दा रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बेलहिया र भैरहवहा माइती नेपालको आवधिक गृहले नाकाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको च।
सीमा पार गर्दै गरेका उनीहरुलाई प्रहरी र माइती नेपालको टोलीले सोधपुछ गर्दा अवस्था शंकास्पद देखिएपछि नेपालतर्फ फर्काइएको प्रहरीले जानकारी दिएको छ। प्रहरी भन्छ-“यदि सोधपुछ नगरिएको भए उनीहरु जोतपुर पुग्ने निश्चित थियो।”