माघ १६,२०७९ सोमबार
दाङ – वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी अधिकृत पुरान मल्लको निधन भएको छ । उनि केही समय यता मुटु सम्बन्धिरोगबाट पिडित थिए।
घर विदा गएका मल्लको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि पुनः नेपालगन्ज मेडिकल कलेजमा पुर्याइएको हो ।
नेपालगन्जमा पुर्याउदा सम्म मल्लको स्वास्थ्य अवस्था जटिल भएकोले नेपालगन्जबाट उपचारका लागि भारतको लखनउ लैजान चिकित्सकले सल्लाह दिएका थिए ।
मल्ललाई लखनउ पुर्याए पनि चिकित्सकले उपचार सम्भव नभएको भन्दै घर लैजान सल्लाह दिएका थिए । घर ल्याउदै गर्दा उहाँको बाटैमा निधन भएको उनका भान्जा भुपेन्द्र सिंहले जानकारी दिए ।
सुर्खेत जिल्ला सिम्ता गापा – ९ घर भइ हाल कोहलपुर नपा (१२ चप्परगौडीमा बस्दै आउनु भएका मल्ल एक इमानदार, कर्तव्य पालक, जुनियर प्रहरी अधिकृत थिए ।
उनले २०५८ सालमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका मल्ल हाल प्रहरी वरिष्ठ नायब निरीक्षक सम्म पुग्न सफल हुनु भएका थिए । उनको एक श्रीमती र तीन छोरी छन् । उनको अन्तिम दाहसंस्कार आजै बाँकेको अगैया स्थित राप्ती घाटमा गरिने उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिए ।