माघ २२,२०८१ मंगलबार
दाङ। प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ
स्थापना दिवसको अवसरमा मंगलबार देशभरी विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ।०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।
यसैबीच प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा रक्तदान कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ।
“समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म” भन्ने नारासहित प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए।चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य तथा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, चौतारीका अग्रज नेताहरू सुदर्शन रिजाल, दुर्गालाल केसी, एमाले प्रचार विभाग प्रमुख सङ्गीत वस्याल, चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल योगी, लक्ष्मी पोखरेल, चौतारीका निवर्तमान सचिव किरण गौतम, एमाले नेताहरू विष्णु कालाथोकी, हुम बहादुर विक हमाल,उमेश विक,लाले सुनार,कलश सहकारी घोराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर र निमेश चौधरीले रक्तदान गरेका थिए।
यस्तै, विकास वली,सुजन विक,हुकुमा डिसी, समीप थापा मगर,प्रदीप पुन मगर, महेश रिजाल, निसा कुमारी चौधरी,अनुप आचार्य, प्रकाश पुन, रामहरी शर्मा र शालिकराम चौधरीले पनि रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी,ब्लड बैंक दाङसँगको समन्वयमा रक्तदान गरिएको थियो।सो अवसरमा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो।चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव निमुसंगम घर्तिले गरेका थिए ।
“समृद्धिका लागि सञ्चार कर्म,प्रेस चौतारीको मूल मर्म” भन्ने नारासहित प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए।चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य तथा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, चौतारीका अग्रज नेताहरू सुदर्शन रिजाल, दुर्गालाल केसी, एमाले प्रचार विभाग प्रमुख सङ्गीत वस्याल, चौतारीका जिल्ला अध्यक्ष सुधासुमन ढकाल, उपाध्यक्षहरू विमल योगी, लक्ष्मी पोखरेल, चौतारीका निवर्तमान सचिव किरण गौतम, एमाले नेताहरू विष्णु कालाथोकी, हुम बहादुर विक हमाल, उमेश विक, लाले सुनार, कलश सहकारी घोराहीका व्यवस्थापक प्रकाश अधिकारी, रामप्रसाद सुवेदी, प्रेम कुमारी बुढामगर र निमेश चौधरीले रक्तदान गरेका थिए।
यस्तै विकास वली,सुजन विक,हुकुमा डिसी,समीप थापा मगर,प्रदीप पुन मगर,महेश रिजाल,निसा कुमारी चौधरी,अनुप आचार्य,प्रकाश पुन,रामहरी शर्मा र शालिकराम चौधरीले पनि रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी,ब्लड बैंक दाङसँगको समन्वयमा रक्तदान गरिएको थियो।सो अवसरमा रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपानेको नेतृत्वमा आएको टोलीले प्राविधिक सहयोग गरेको थियो।चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव निमुसंगम घर्तिले गरेका थिए।