लैंगिक हिँसा बिरुद्दको १६ दिने अभियानको क्रममा शनिवार फातिमा फाउन्डेसन नेपालको आयोजना तथा नेपालगंज उपमहानगरपालिका वडा न.१४ को सहकार्यमा किशोरी समुहका किशोरी हरु बीच साइकल रेस प्रतियोगिता संचालन गरेको छ
प्रतियोगितामा दुर्गा धोबी प्रथम, शारदा कोरी दोस्रो,रुकमणि कोरी तेस्रो स्थान प्राप्त गर्नु भएको हो
प्रतियोगितामा बिजयी बालिकाहरु लाई पुरस्कार, प्रमाण पत्र सहित पदान गरिएको छ
कार्यक्रममा १० जना किशोरीको सहभागिता रहेको फातिमा फाउन्डेसनको कोषाध्यक्ष सुबेदा फरहिनले बताउनु भयो
किशोरीहरुको सशक्तिकरणका लागि तथा बालिकाहरु लाई आत्मसुरक्षामा प्रोत्साहन गर्नका निम्ति कार्यक्रम संचालन गरिएको संस्थाको अध्यक्ष मैमुना सिद्दिकीले बताउनुभयो
कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा न.१४ को अध्यक्ष मजहर अली शाह, भवानियापुर मा.बि का प्रा.अ. बालअधिकारकर्मी साहिल अन्सारी,फातिमा फाउन्डेसनको आमना हलवाई,पत्रकार दिनेश ठाकुर,प्रदिप गुप्ता लगायतको उपस्थिति थियो