१२ श्रावण २०८० शुक्रबार
बझाङः—बझाङमा एक दलितको निर्माणधिन घर भत्काइएको छ। जिल्लाको वित्थडचिर गाउँपालिका—७ स्याल ढुङ्गा निवासी पुड्के ओखेडाको निर्माणधिन घर सोही ठाउँका गैरदलितहरुले साउन १० गते तोडफोड गरी भत्काइदिएका हुन ।
स्थानिय गैरदलितहरुले निर्माणाधिन घरको ढोका,ढुङ्गा उखेलेर फालिदिएको पीडित करण ओखेडाले बताए । सार्वजनिक स्थलमा तिमी डुमहरुले घर बनाउन पाइदैन भन्दै निर्माणाधिन घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली पनि काटेर गैरदलितहरुले लगेको पीडित ओखेडाले बताए ।उक्त जग्गा भने विगत २५ वर्षदेखि ओखेडाले भोगचलन गर्दै आइरहेका छन। जग्गाको लालपुर्जा समेत रहको ओखेडाले बताए ।
पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्याल बझाङमा उजुरी दर्ता गरेर ओखेडा न्यायका लागि जिल्ला सदरमुकाम चैनपुरमा दोडधुप गरिरहेका छन् ।घर निर्माण गर्नुअघि पनि विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित स्थानीयहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको इलाका प्रहरी कार्यालयका डिएपी जागेश्वर भण्डारीले बताए।
वित्थडचिर गाउँपालिका —७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले विवाद उत्पन्न भएको र त्यसैको छलफलका लागि जिल्ला सदरमुकाम जान लागेको बताए।