२०८१ श्रावण ०५ शनिबार
दाङ ।दाङमा बलात्कारको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा सल्यान त्रिबेणी गाउँपालिका–४ फालाबाङ घरभई हाल दाङको तुलसीपुर–७ मा बस्दै आएका ३६ वर्षीय जगत रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बलात्कृत हुने महिलाले दिएको जाहेरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो । बुधबार साँझ ती महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरी समक्ष जाहेरी दिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।