२७ पौष २०८० शुक्रबार
दाङ—दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे।१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । रातीको समय भएकाले उद्धार कार्यमा समस्या भएको छ ।