
नेपालगन्ज । बाँकेको कोहलपुरमा सामुहिक करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक आयुश प्रसाद जोशीका अनुसार असोज २७ र २८ गते कोहलपुर नगरपालिका वड नम्बर ११ स्थित सुर्खेत रोडको एक होटलमा सामुहिक जबर्जस्ति करणी गरेको सुचना प्राप्त भए पश्चात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ करेलीका निशान रोकाया सोही ठाउँ बस्ने डम्बर बहादुर रोकाया गाभर १ बस्ने निर्मल थापा, बिजय कार्की र करेली बस्ने जीवन रोकाय रहेका छन । उनिहरु लाई पक्राउ गरि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।