प्रदीप गुप्ता
९ भदौ २०८०
नेपालगञ्ज:—बाँकेमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।
कोहलपुर १ कौशिलानगरका १७ वर्षिय सुरेश सार्कीको बैजनाथ ३ स्थित महेन्द्र तालमा शनिबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।सुरेससंगै पौडी खेल्न गएका अन्य तीन जना भने सकुशल रहेका छन ।
चार जना साथीहरुसंग गएका सुरेश पौडी खेल्ने भन्दै तालमा पसेका थिए ।पौडी खेल्ने क्रममा सुरेश एक्कासी डुबेपछि उनीसंग गएका साथीहरुले त्यहाँका स्थानीयलाई खबर गरेका थिए ।तर उद्धारका लागी गएका स्थानीयले सुरेशलाई भेटाउन नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।खबर पाए लगत्तै शमसेरगञ्जबाट गएको सशस्त्र प्रहरीको गोताखोरको टोलीले डुबेको अवस्थामा सुरेशको शव फेला पारेको थियो । मृतक सुरेशको शवलाई अहिले पोष्टमार्टमका लागि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाइएको छ ।