प्रदीप गुप्ता
१२ श्रावण २०८० शुक्रबार
नेपागञ्जः—बाँकेमा चोरीको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं.—९ का २४ वर्षिय अरुण बर्नावाल रहेको प्रहरीले जनाएको छ।
बर्नावाललाई चोरी गरिएको २ थान मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपी सुन्दर तिवारीले जानकारी दिए। प्रहरीक अनुसार साउन ८ गते राती करिब साढे १० बजेको समयमा कोहलपुर नगरपालिका वडा नं.—११ निवासी होमनाथ आचार्य घरमा पार्किङ गरी राखेको भे ११ प २२९२ नम्बरको मोटरसाईल र साउन १० गते बिहानकोे समयमा कोहलपुर—१४ घर भएका कोहलपुर नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत तारा बहादुर खत्रीको भे १ ब १७६५ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
उक्त मोटरसाइकल सहित बर्नावाललाई पक्राउ गरि जिल्ला अदालत बाँकेबाट पाँच दिनको म्यादथप गरी अनुसन्धान भइरहको प्रहरीले जनाएको ।