
नेपालगन्ज : बाँकेको राप्ती सोनारि गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज आउदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।