नेपालगंज/बैशाख-२२
प्रदिप गुप्ता
बाँकेको जमुनहा नाकामा ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्
लागुऔषध नियन्त्रण अनुसन्धान बिभाग बाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा जानकी गाउँपालिका वडा न. ६ बस्ने राम दाश भाट लाई प्रहरीले खोज तलास गर्ने क्रममामा ३.५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो उनि बाट एक थान मोबाईल सहित केहि नगद समेत बरामद भएको जमुनाहा नाकाका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले जानकारी दिनुभयो,प्रहरी निरीक्षक पुन का अनुसार पक्राउ पर्ने भाट लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाईएको समेत बताउनु भयो
प्रहरीको प्रारम्भिक अनुसन्धान बाट पक्राउ पर्ने भाट लामो समय देखि लागु औषध ओसारपसार गतिबिधिमा संलगन रहेको आशंका गरिएको छ