प्रदिप गुप्ता
फागुन १३,२०७९ शनिबार
बाँके—बाँके प्रहरीले लागु औषध(ब्राउन) सुगर सहित तीन जनालाई प्रक्राउ गरेको छ ।शनिवार बिहान करिब ३:३० को समयमा उनिहरुलाई कोहलपुर नगरपालिका वडा नं.१२ चप्परगौडीबाट ११६ ग्रााम लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका—७ बस्ने बर्ष २१ बिशाल सिंह ठकुरी सोही ठाँउका २८ वर्षिय बिक्रम सिंह ठकुरी र कोहलपुर नगरपालिका वडा—११ बस्ने बर्ष १८ का निर्जन ढकाल रहेका छन् ।
सडक छेउको एक पसलमा फलफूल किनिरहेको अवस्थामा प्रहरीले शंका मानी खानतलास गर्दा उनिहरुको साथमा लागु औषध फेला परेको थियो ।
तलासी क्रममा बिशाल सिंह ठकुरीको साथबाट ११५ ग्राम ७८० ग्राम र निर्जन ढकालले कानमा लुकाई राखेको २२० मिलिग्राम लागुऔषध प्रहरीले फेला पारेको हो ।
उनिहरुको साथबाट प्रहरीले तीन थान मोबाइल, ९हजार ८ सय नगद र उक्त समूहले प्रयोग गर्ने भे.१३ प.२७३ नंम्बरको आर.टि.आर.(अपाची)मोटरसाइकल समेत नियन्त्रण लिएको छ ।