
माघ१४नेपालगन्ज-जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छली गरेर नेपालगन्ज ल्यौदै गरेको ठुलो परिमाणको अबैध सामान सहित ५ जना लाई नियन्त्रण गरिएको छ ।
बाके प्रहरी कार्यलयबाट वरिष्ठ प्रहरी नायब निरीक्षक सुशील रावलको नेतृत्वमा खटिएको टोलिले आइतबार बिहान भन्सारबाट छली गरेर ल्याएको अबैध कुर्ता सुरुवाल लगायतको सामाग्री र तस्करीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित अबैध तस्करमा संलग्न भएका ५ जना पक्राउ परेका छन ।
रावल नेतृत्वको टोलिले नेपालगन्ज १२ बाट पक्राउ गरेको जानकारी दिएको छ ।
बरामद गरिएको सामग्री २ लाख २५ हजार २ सय रुपैया बराबरको रहेको अनुमान गरिएको छ । थप अनुसन्धानका लागि नेपालगन्ज भन्सार कार्यालय बाँके पठाएको रावलले जानकारी दिएका छन ।