बाँके युनेस्को क्लबले आफ्ना कार्यसमितका पदाधिकारी र सदस्य लगायतका लागि अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बाल विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत संस्थाको कार्यसमितिलाई अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणमा सहजता प्रदान गर्ने उदेश्यले २ दिने तालिम सञ्चालन गरेको हो ।
यो तालिमले कार्यसमितका सबै पदाधिकारी र बोर्ड सदस्यहरुको अनुगमन, मूल्याङ्कन र दस्तावेजीकरणसम्बन्धी क्षमता बृद्धि हुने भएकोले यो तालिम निकै महत्वपुर्ण रहेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
क्लबका अध्यक्ष रवि कुमार तुलाधरका अनुसार यस तालिमको उद्देश्य संस्थाका कार्यकारी सदस्यहरू र वरिष्ठ अधिकारीहरूको क्षमता अभिवृद्धि गरेर उनीहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा आवधिक रूपमा आयोजनाहरूको अनुगमन र मूल्याङ्कन गर्न र कार्यान्वयन गरिएका गतिविधिहरूको प्राप्त नतिजा सहित परियोजनाको सफलता र असफलताको मूल्याङ्कन गर्न सक्षम बनाउनु हो ।
सो तालिमको सहजिकरण प्लान इन्टरनेशनल नेपालका मोनिटरिङ इभ्यालुएसन रिसर्च एण्ड लर्निङ अधिकृत हसरत अलिले गरिरहनु भएको छ ।
तालिममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएको विषय बस्तुमा केन्द्रित रहेर व्यापक छलफल, समूह कार्य र प्रस्तुतीकरण गरेको तालिमका सहजकर्ता अलिले बताउनुभयो ।
तालिमममा क्लबका विभिन्न वरिष्ठ कर्मचारीहरुको पनि सहभागिता रहेको थियो

कार्यक्रमको समापन समारोह बाँके युनेस्को क्लबको वरिष्ठ उपाध्यक्ष पन्चम गुरुङको अध्यक्षता मा भएको हो भने कार्यक्रममा संस्थाको उपाध्यक्ष ललिला थारु, बिशेष गुप्ता,कबिता नेपालीले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम रमी शाक्यले संचालन गर्नुभएको थियो
