बाँके क्षेत्र न.२ को समुन्नती बिकास र प्रगतिको जिम्मेवारी डा. धवल शमसेर राणा,आदेश कुमार अग्रवाल र भण्डारी लाल यादवको काधमा आएको छ
बाँके प्रतिनिधि सभा सद्स्य क्षेत्र न.२ मा राप्रपा र एमालेको साझा उम्मेदवार तथा राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा बिजयी हुनुभएको छ।उनले कुल सदर मतमा २९,५७७ मत ल्याएको हुन भनेको निकटतम प्रतिस्पर्धी जसपाका नेता तथा पुर्व मन्त्री मोहम्म्द ईस्तियाक राईले २३५२० मत ल्याएका थिए। त्यसै गरि क्षेत्र न.२ प्रदेश सभा क तर्फ जसपा भण्डारी लाल यादव ले ११५०४ मत ल्याई बिजयी हुनुभएको छ भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय बहादुर यादवले ९३५८ ल्याउनुभएको हो। साथै प्रदेश सभा ख तर्फ जसपाका आदेश कुमार अग्रवालले ८२४६ मत ल्याई बिजयी हुनुभएको हो भने उनको प्रतिस्पर्धी नेकपा एमाले का निरक बहादुर गुरुङले ६७०९ मत ल्याउनुभएको थियो।