
बागलुङ – बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।
बाग्लुङ्को गलकोट नगरपालिका–२ भुङ्खानीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
गलकोटतर्फ गइरहेको जीप आज बिहान भएको दुर्घटनामा पालिका उपाध्यक्ष बाहेक अरुको सनाखत हुने क्रममा रहेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनु भएको छ ।
घाइते भएका १ जनालाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । मृतकहरुलाइ पनि पोष्टमार्टमको लागि बाग्लुङ अस्पतालमा राखिएको छ ।
रा १ झ २०० सरकारी नम्बर प्लेटको बोलेरो जीप आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।