७ भाद्र २०८०, बिहीबार
बारा:- बाराको चुरियामाई नजिकै आज बिहान बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
भारतीय तीर्थ यात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाडौंबाट जनकपुर जाँदै थियो । बिहान ३ बजे भएको दुर्घटनामा ६ भारतीय तीर्थयात्रीको मृत्यु भएको बारा प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए ।
घाइते १८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।