११ बैशाख २०८०, सोमबार
बारा— बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणाममा ६७० मत गणना हुँदा यादवले २२४ मत पाएका छन्।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।
