२४ असार २०८०, आईतवार
बुटवलः-११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ती बालिकालाई परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिका कराएपछि ब्युँझिएलगत्तै परियार फरार भएकोमा प्रहरीले घरनजिकैबाट उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।