२१पौष २०७९ बिहिबार
तुलसीपुर दाङ—यहाँको एक वडाले बुद्धबृद्धालाई न्यायो कपडा वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नंं.१३ ले बिहिबार आफ्नो क्षेत्र भित्रका १३ जना बुद्धाबृद्धलाई न्यानो कपडा वितरण गरेको हो । ८४ वर्ष उमेर माथिका बृद्धबृद्धालाई न्यानो कपडा स्वरुप एक—एक थान ब्ल्याङ्केट वितरण गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । जेष्ठ नागरीकहरुलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पौडेलले वताए ।केही दिनयता अत्यधिक मात्रा बढेको शितलहर र चिसोका कारण सबै भन्दा वढी बृद्धबृदा र वालवालिका सबै भन्दा बढी प्रभावित बनेका छन् ।