२५ असार २०८० सोमबार
बैतडी :- बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
पञ्चेश्वरबाट मेलौली जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा पल्टिएको हो ।
घाइतेहरुको परिचय खुलिनसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए।
अहिले घाइते यात्रुहरूको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बस सडकबाट २०० मिटर तल खसेको छ ।