४ माघ २०७९ बुधबार
दाङ-एकजना विदेशी नागरिक सहित दुईजना लागूऔषध कारोबारीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
घोराही १६ सर्रा चोकमा मंलगबार लागूऔषध ब्राउनसुगर किनबेच गरिरहेका ५२ वर्षीय भारतीय नागरिक समसुल र बाँकेको कोहलपुरका ३६ वर्षीय उमंगबहादुर शाहीलाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले जानकारी दिएका छन् ।
एसपी वलीका अनुसार उनीहरूको साथबाट ३७ ग्राम २९ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।