१९ मंसिर २०८१,बुधबार
तुलसीपुर । दाङमा ब्राउन सुगर सहित एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ६ निवासी ३० बर्षको बिरेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीले उनलाई संकास्पद रुपमा हिडिरहेको अबस्थामा घोराही उपमहानगरपालिका १३ बर्माचोकबाट मंगलबार पक्राउ गरेको हो । उनको साथबाट सानो ५ वटा पुडिया बनाई धागोले बाधी लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३ ग्राम ४२० मिलिग्राम बरामद गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।।