१३ श्रावण २०८०, शनिबार
दाङ: – घोराही-लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बुटवलबाट तुलसीपुर तर्फ जाँदै गरेकोना ४ ख ८४८७ नम्बरकाे ट्रक घोराही-लमही सडक खण्डअन्तरगत घाेराही उपमहानगरपालिका- ३ काे भैंसी बगाउने खाेला नजिक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।
पहाडको उकालोमा ट्रकको टायर पन्चर भई राेक्ने क्रममा ब्रेक नलागेपछि ट्रक सडकबाट तल खाेल्सामा खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा लमही नगरपालिका-२ केरुनिया निवासी १८ बर्षीय रुबिना चौधरी र १६ बर्षीया करुणा चौधरी घाइते भएका छन् ।
ट्रकका चालक र सहचालक हाम फालेर बाँच्न सफल भएको र उनीहरुकाे उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएकाे छ ।