३ बैशाख २०८०, आईतवार
काठमाडौं । भारत उत्तर प्रदेशमा पत्रकारहरुको भिडबाट चलेको गोली लागेर पूर्वसांसद र उनका दाजुको मृत्यु भएको छ ।
पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या गरिएको हो ।गोली प्रहार गरेको विषयलाई लिएर प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।
पत्रकारको भेषमा आएरकाहरुले गोली चलाएको प्रहरीका एक आयुक्तले बताएका छन् ।गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेको पनि उनको भनाइ छ ।
हत्या भएका अतिक पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा थिए । उनी अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा थिए ।
सो क्रममा उनले पत्रकारलाई केही प्रतिक्रिया दिइरहेका बेला उक्त घटाना भएको हो ।उनीमाथि गोली प्रहार भएको टेलिभिजनमा पनि प्रत्यक्ष देखिएको थियो । हत्या भएका पूर्व सांसद अतिक र उनको दाजुमाथि १० भन्दा बढी गोली चलाइएको बताइएको छ ।