
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार १० ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले ३० वर्षीय प्रबिण गिरी र २५ वर्षीय सुमन राजबंशीलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने गिरी झापाको अर्जुनधारा नगरपालिका-५ र राजवंशी कन्काई नगरपालिका-८ का स्थायीवासी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका उनीहरुलाई झापास्थित इलाका प्रहरी कार्यालय कुमारखोदको टोलीले झापा गाउँपालिका-५ पन्थपडाबाट प्र.१-०१-०१६ प ९००९ नम्बरको मोटरसाइकलसहित सोमबार राति पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुसँग लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।