१९ माघ २०७९, बिहीबार
एजेन्सी । भारत र अमेरिकाबीच ३ अर्ब डलर बराबरको सैन्य ड्रोन खरिद सम्झौता हुने तयारी भइरहेको बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाले प्रिडेटर थर्टी–एमक्यु–नाइन बी ड्रोन भारतलाई उपलब्ध गराउने गरी सम्झौताको तयारी गरिएको हो ।
यस्तो ड्रोनबाट भारतलाई सीमा क्षेत्र तथा समुद्री क्षेत्रको निगरानी गर्न सहयोग पुग्ने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवाल र अमेरिकी रक्षा सल्लाहकार ज्याक सुलिभानबीचको वार्तामा यस्तो सहमति भएको दाबी गरिएको छ ।
एमक्यु नाइन बी ड्रोनले जासुसी सेवा प्रदान गर्नुका साथै विष्फोटक पदार्थ पनि बोक्न सक्छ ।