फागुन १२,२०८१ सोमबार
दाङ।भालुको आक्रमणबाट दाङको देउखुरीमा एक जना गम्भीर घाइते भएका छन।घाइते हुनेमा राजापुर गाउँपालिका —४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए।
लमही नगरपालिका —८ को जुरपानी सामुदायिक वनमा घाँस काट्न यादवलाई भालुले आक्रमण गरेको थियो।साँझ अबेरसम्म घर नफर्किए पछी आफन्तहरुले जङ्गलमा खोजी कार्य गर्दा यादव सोमबार साँझ करिब ४ बजे घाइते अवस्थामा फेला परेका थिए।
घाइते यादवलाई सतबरिया प्रहरी चौकीका प्रमुख(असई) मानबहादुर नेपालीको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयले घटनास्थलबाट उद्धार गरेका थिए।घाइते यादवको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ। घाइते यादवका अनुसार उनलाई दुई वटा भालुले एकै साथ आक्रमण गरेका थिए।