
९ बैशाख २०८०
काठमाडौं— गृहमन्त्रालयले मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद(ईद उल फित्र) शनिबार नै मनाइएकाले भोली (आइतबार) सार्वजनिक बिदा नरहेको जनाएको छ ।ईद उल फित्रलाई लिएर भोली सार्वजनिक विदाको हल्ला चलेपछि गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति विदाको बारेमा स्पष्ट पारेको हो ।
शुक्रबार चन्द्रमा नदेखिए रमजानको ३० औं दिन आइतबार ईद मनाइने थियो। तर शुक्रबार नै चन्द्रमा देखिएकाले शनिबार (सार्वजनिक बिदा) का दिन ईद मनाइएको गृह मन्त्रालयले जनाएको छ।
