NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

भ्रामक समाचारको प्रतिरोध गर्ने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह

अरुण कुमार अरुण कुमार
१२ महिना अगाडि
लुम्बिनी प्रदेश, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

माघ १९,२०८१,शनिबार

दाङ।पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत सामाजिक सद्भाव भड्काउने र देशको सिङ्गो राष्ट्रियता माथि नै आँच आउने गरी भ्रामक समाचार संप्रेशन गर्ने प्रवृति बढेको प्रति सम्बद्ध अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन।

शनिबार प्रेस चौतारी नेपाल दाङ शाखाको १० औं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनिहरुले मूलधारका मिडियालाई चुनौति दिँदै सामाजिक सञ्जालबाट समाजलाई अतिरञ्जित पार्ने गरी तथ्यहिन समाचार र सूचना प्रवाह गर्ने क्रम बढ्दै गएको प्रति यस्तो चिन्ता व्यक्त गरेका हुन।प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले आम सञ्चार जगतलाई नै चुनौति दिँदै सामाजिक सञ्जालमा भ्रामक समाचारको खेती गर्ने प्रवृत्ति हाबी भएको बताउँदै त्यसको प्रतिरोध गर्ने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे।उनले कसैले सामाजिक सञ्जालमा संप्रेशन गरेको तथ्यहिन सूचनालाई आधार बनाएर समाचार नलेख्न समेत पत्रकारहरुलाई सचेत गराए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव समेत रहेका प्रियासनले राष्ट्र निर्माणमा पत्रकारहरुको अहम भूमिका रहने भएकाले पत्रकारिताको सिद्धान्त र मूल मर्मलाई ध्यानमा राखेर कलम चलाउन आग्रह समेत गरे। उनले स्वतन्त्रताको नाममा समाजमा अराजकता मच्चाउने छुट कसैलाई नभएको भन्दै आम नागरिकलाई सहि सूचना प्रवाह गर्ने गरी कलम चलाउन आग्रह गरे।

कार्यक्रमका प्रमुख बक्ता नरुलाल चौधरीले सामाजिक सञ्जालमा अहिले अराजकता फैलाउने गतिबिधि हाबी हुँदै गएको बताउँदै त्यस प्रति सजग रहन आम पत्रकारहरुलाई आग्रह गरे।गलत सूचना र समाचार संप्रेशनले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यसलाई चिर्ने गरी कलम चलाउन आग्रह गरे।सामाजिक सञ्जालमा संप्रेशित तथ्यहिन र सत्यहिन सूचनाले अराजकताको सीमा नाघेको प्रति चिन्ता व्यक्त गर्दै उनले आधिकारिक मिडियाले नै त्यसलाई प्रतिवाद गरी अघि बढ्नु पर्ने उनको भनाई थियो।

नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा घोराही उप–महानगरपालिकाका प्रमुख रुपमा समेत रहेका चौधरीले देशमा स्थिर सरकार नहँदा अराजकता मौलाएको बताए।उनले जनताले प्रतिपक्ष दलको हैसियतमा पुगेका दलले सरकारको नेतृत्व गर्ने परिपाटीले देशमा अराजकता मौलाउदै गएकाले त्यसलाई नियन्त्रण गर्न दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताए।

कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य,उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल पत्रकार महांसघ दाङमा अध्यक्ष सन्तोष सुवेदी, लुम्बिनी प्रदेश सञ्चार समन्वय परिसदका अध्यक्ष मिलन गाह, प्रेस युनियनका आरके शितल, जनपत्रकार संगठन दाङका अध्यक्ष जंग रेउले, प्रगतिसिल पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल,प्रेस सेन्टरका हेमराज परिवर्तन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिए।अधिवेशनले सुधासुमन ढकालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको छ।

अघिल्लो पोस्ट

चिसोबाट जोगाउन रोसनले प्रहरीलाई गरे हिटर सहयोग

अर्को पोस्ट

प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन

अरुण कुमार

अरुण कुमार

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन

छात्रवृत्ति कार्यान्वयन गर्न नगर प्रमुख चौधरीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!