माघ २०,२०७९ शुक्रबार
धनुसा । मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएपछि शपथ ग्रहण गरेका हुन ।सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी भएको छैन ।