२२फागुन २०७९ सोमबार
दाङ— देउखरीको राजपुरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । गाउँपालिका वडा नं ४ दुलैयाकी २१ बर्षिया रञ्जना कुमारी यादवले सोमबार झण्डिएर आत्महत्या गरेकी हुन्।
सोही गाउँपालिका वडा नं.३ प्रतापपुर स्थित आफ्नो माइती घर गएको बेला उनले आत्महत्या गरेको खुल्न आएको छ ।यादव आइतबार माइतीघर गएकी थिइन। यादवले माइतीघर नजिक रहेको श्री शक्ति सामुदायिक वन भित्र करिब ९ बजे सलमा झुण्डिएर आत्महत्या गरेकी हुन्।
मृतक युवातीलाई लमही अस्पतालमा शव पोष्टमार्टम पछि घर परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विर बहादुर ओलीले जानकारी दिए ।यादवको गत माघ महिनाको २७ गते विवाह भएको थियो।