फागुन १,२०७९ सोमबार
दाङ—लुम्बिनी प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेकी हुन् ।
वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी छिन् ।
उनले भनेकी छन्( ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।’ ‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’
श्रीमान्को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ ।
एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ९ख०बाट निर्वाचित भएकी थिइन् । नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।
उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादीको नेतृत्वमा सरकार बनेको थियो । कुलबहादुर केसी मुख्यमन्त्री बनेको केही दिनमा विमला र उनका प्रेमी एकराज बस्नेतको चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो ।
एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । प्रेमीको घरमै गएर श्रीमती कुटेपछी माओवादीले उनलाई राजीनामा दिन लगाएको थियो । राजीनामा गराएपछि उनी माओवादीसँग असन्तुष्ट थिइन् ।
उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरेपनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन् ।त्यस्तै उनले राजिनामा पत्रमा आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको समेत उल्लेख गरेकी छिन् ।