फागुन ०५,२०८१ सोमबार
दाङ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा जाने माओबादीको सपना पुरा नहुने बताएका छन।नेकपा एमाले दाङले सोमबार घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३२ सिटे माओवादीको नेतृत्वमा अब सरकार नबन्ने बताएका हुन।
‘कहिले एमालेको काँधमा बुरुक्क उफ्रेर सरकारमा गएको छ।कहिले नेपाली कांग्रेसको काधँमा चढेर सरकारमा गएको छ,‘प्रधानमन्त्री ओलीले भने,’अब माओवादीले त्यस्तो सपना नदेखे हुन्छ।कांग्रेस—एमालेलाई झुक्याएर सरकारमा जाने दिन गए।’प्रधानमन्त्री ओलीले देशमा स्थिरता कायम गर्न नेपाली कांग्रेस र नेकपा एमाले बिच अहिलेको समीकरण बनेको समेत बताए।
उनले भने,‘ कांग्रेस र एमालेको यो सत्ता समीकरण देशमा स्थिरता,सुशासन र भ्रष्टाचार अन्त्य गर्नका लागि बनेको हो।कसैले चाहदैमा र रोईकराई गर्दैमा फेरबदल हुदैन।अहिले म देखिरहेको छु।प्रचण्ड जी रातदिन थेगो जस्तै प्रयोग गरी यो सरकार आज ढल्छ,भोली ढल्छ,पर्सि ढल्छ भन्दै हिडिरहनु भएको छ।म तपाईहरुलाई आग्रह गर्दछु।ढुक्क हुनुहोस् यो गठबन्धन ३ वर्षसम्म टिक्छ।’
देशमा अप्ठ्यारो स्थिति सिर्जना हुँदा विगतमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेको स्मरण गर्दै प्रधामन्त्री ओलीले आगामी ३ वर्षभित्र जनताले देख्ने गरी विकासमा धेरै परिवर्तन हुने बताए।यस्तै प्रधानमन्त्री ओलीले अध्यादेश जसरी पनि पारित हुने बताए।उनले विकासको प्रक्रियालाई अघि बढाउन अध्यादेश ल्याएको बताउँदै कसैले रोक्न चाहदैमा नरोकिने बताए।
‘सरकारले विकासको प्रक्रियालाई अघि बढाउन अध्यादेश ल्याएको हो।यसलाई कसैले अवरोध गर्न मिल्दैन,‘प्रधामन्त्री ओलीले भने,‘हेर्दै जानुहोला अध्यादेश कसरी पारित हुन्छ।’प्रधामन्त्री ओलीले दरबारसंग मिलेर प्रचण्डले लोकतन्त्र मास्न खोजको समेत आरोप लगाए।‘हिजो प्रचण्डले दरबारसँग सम्झौता गरेर लोकतन्त्र मास्न खोजेका हुन्,’उनले भने,’अहिले उल्टै हामीलाई लोकतन्त्र मासेको आरोप लगाउने रु प्रचण्डको धेरै पोल खोल्न नपरोस्।’
‘जो सबैभन्दा ठूलो लुटेरा, उसैले अरूलाई आरोप लगाउने रु,’उनले भने,’अरूको सम्पत्ति लुट्ने, सेरा दरबार ग्वाम्मै खाने अनि अरूलाई दोषी देखाउने रु माओवादी, कांग्रेस, एमाले जनताले चिनिसकेका छन्।’