२८ जेठ २०८० आइतबार
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने चेतावनी दिएका छन्।
आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताए। उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए।
उनले बजेट तीन जिल्ला ९गोरखा, डडेलधुरा र नुवाकोट० केन्द्रित भएको बताउँदै आएका छन्। साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ।
यद्यपि नेकपा ९एकीकृत समाजवादी० दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकतानुसारको नभएको टिप्पणी गर्दै आएका छन्। सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा शंका उत्पन्न भएको छ।
नेपालले भने, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट र आक्रोशित हुनुहुन्छ। यही स्थितिले जाने हो सरकार दुर्घटनातिर जान्छ जस्तो लाग्छ। त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, बेठिक भएको कुरा सच्याउनुपर्छ। यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ।’
अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए।