NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

मानव अधिकार आयोगको कानुन संशोधन गर्न सुझाव सङ्कलन

नयाँसरोकर नयाँसरोकर
२ वर्ष अगाडि
होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके- राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो ।

आयोगका कामलाई थप प्रभावकारी बनाउन कानुन संशोधन गर्न लागिएको हो । आयोगलाई सुझाव दिँदै लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले सत्यको अधिकार, पीडितको परिपुरण र र मानव अधिकार रक्षाका लागि आयोगलाई स्वतन्त्र रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । “आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिन हामीले आजैबाट सङ्कल्प गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “आयोगलाई कमजोर बनाइयो भने पीडितलाई न्याय दिन सकिँदैन ।”

आयोगका सदस्य मनोज दुवाडीले आयोगको काम अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्न कानुन संशोधन आवश्यक परेको बताउनुभयो । त्यसका लागि नेपालगञ्जबाट पहिलो पटक सुझाव सङ्कलन गरिएको उहाँको भनाइ छ । “आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदाको विधेयकलाई सुझावपछि संसदमा पेस गरिने सदस्य दुवाडीले बताउनुभयो । “विधेयक प्रस्तुत भइसकेपछि आयोगलाई सबै राजनीतिक दलबाट सहयोग प्राप्त हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

आयोगका सचिव मुरारी खरेलले नयाँ मस्यौदा प्रस्तुत गरिसकेको जानकारी दिनुभयो । आयोगको सिफारिसलाई अझ कार्यान्वयन गर्न र जवाफदेही बनाउन थप विषय समावेश गरिने उहाँले स्पष्ट पार्नुभयो ।
सुझाव सङ्कलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नेपाल नेत्रहिन सङ्घ बाँकेका अध्यक्ष भावुकजङ्ग थापा, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश प्रमुख बसन्त गौतम, फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्धिकीलगायतले सुझाव दिनुभएको थियो ।

अघिल्लो पोस्ट

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री डा महत

अर्को पोस्ट

दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि ‘पानी भण्डारण केन्द्र’

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1
होमपेज

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0
होमपेज

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11
Next Post

दमकललाई चाहिने पानीको स्रोत व्यवस्थापनका लागि 'पानी भण्डारण केन्द्र'

हरियाली शहर नेपालगञ्जबासीको रहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि
43

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
17

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

३ महिना अगाडि
8

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

३ महिना अगाडि
1

काठमाडौंमा कर्फ्यू हट्यो

३ महिना अगाडि
0

लूटपाट भएका २६८ थान हतियार सुरक्षाकर्मीद्वारा बरामद

३ महिना अगाडि
11

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

३ महिना अगाडि

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

३ महिना अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!