१७ पौष २०७९ आइतबार
दाङ–नेकपा एमालेका महासचिब एंव लुम्बिनी प्रदेशका संस्थापक मुख्य मन्त्री शंकर पोखरेलले पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेको दावी रहने बताउनुभएको छ ।आइतबार लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको सथप ग्रहण समारोहमा सहभागि हुन आउनु भएका पोख्रेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै ठुलो दलको हैसियतले नेकपा एमालले मुख्य मन्त्रीमा दाबी गर्ने बताउनु भएको हो । लुम्बिनी प्रदेशमा एमाले सबै भन्दा ठूलो पार्टी हो,उहाँले भन्नु भयो,यस हिसाबले अन्य दलहरुले एमालेलाई नै नेतृत्व सुम्पिनेमा म विश्वस्त छु,यद्यपी यस विषयमा छलफल गर्न भने बाँकी नै छ ।”
पोख्रेलले सहमतिकै आधारमा सबै प्रदेशमा अहिलेकै नयाँ गठबन्धको सरकार बन्ने बताउनु भयो । “स्वभाविक रुपमा अन्य दलहरुले जहाँ जसको हैसियत ९स्टेट० त्यहाँ त्यसलाई नेतृत्वको जिम्मा सुम्पनु हुन्छ, भन्ने म ठान्छु यद्यपी हामी छलफल गर्न बाँकी छ,उहाँले भन्नु भयो,छलफल पछि एउटा निष्कर्ष निक्लेला तर,पनि राजनीतिक दलहरुको स्टेटका आधारमै नेतृत्वको टुगो लाग्नेछ ।”केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनेकोले प्रदेशमा पनि त्यसैको आधारमा सरकार निर्माणको समिकरण बन्ने उहाँले बताउनु भयो । लुम्बिनी प्रदेशमा मुख्यतया नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्दै आइरहेका छन । तर कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा अझै सहमति जुटेको छैन ।