अरुण कुमार नेपाली
२६ फागनु २०७९ शुक्रबार
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १३ बखरियामा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा घोराही उपमहानगरपालिका—८ की ५० वर्षीया कृष्णा सेजुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको रा ७ प ९६८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएकी सेजवालको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक मृतकका छोरा २८ वर्षीय गोकर्या सिजवाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।