२३ मंसिर २०८१आइतबार
दाङ।दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।दुर्घटनामा परी २ जना घाइते भएका छन। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ खमारीका १६ बर्षीय दिपेन्द्र वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
तुलसीपुर–४ खाद्रे बनहरीबाट
तुलसीपुर तर्फ जाँदै गरेको लु.प्र.०२–००१ प १७१७ नम्बरको मोटरसाइकल आज दिउँसो सवा २ बजेको समयमा तुलसीपुर–४ ठुला खाली नजिकै अनियन्त्रित भएर रुखमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाइकल सडक देखि ५ मिटर तल खसेको थियो । दुर्घटनामा चालक सहित ३ जना घाइते भएका थिए ।मोटरसाइकलमा तीन जना सवार रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइते मध्य दिपेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–४ कल्लेखोलाका १७ वर्षीय गणेश खड्का र मोटरसाइकलमा पछाडी सवार तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वलीको अहिले उपचार भइरहेको छ । गम्भिर घाइते सन्दिपलाई थप उपचारका लागी राप्ती लाइफ केयर हस्पिटलमा रिफर गरिएको छ भने अर्का सामान्य घाइते भएका चालक खड्काको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।